काठमाण्डौ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।
यो गिरावट सँगै सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार पनि सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

