सोमबार, आश्विन २६,२०८३ 12:25:11
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 12:25:11
Bizshala
Global IME Bank Limited

सुन र चाँदीको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो ?

Bizshala
सुन र चाँदीको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार पुनः घटेको छ। अमेरिकी डलर मजबुत हुनुका साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भद्वारा ब्याजदर बढाउने अपेक्षा बलियो बनेसँगै सुनको माग कमजोर देखिएको हो।

आज सुनको मूल्य करिब २.८४ प्रतिशत अर्थात ११७ डलरले घट्दै प्रतिऔंस ४०६६ डलरमा झरेको छ। यो मूल्य पछिल्ला करिब दुई साताकै न्यून हो। विश्लेषकहरूका अनुसार अमेरिकी ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्तालाई सुरक्षित तर नाफा नदिने सम्पत्ति जस्तै सुनबाट टाढा लगिरहेको छ। ब्याजदर उच्च हुँदा सरकारी बन्ड तथा डलरमा प्रतिफल बढ्ने भएकाले सुनको आकर्षण घट्ने गर्छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक निरीक्षण सम्बन्धी सहमति भएको दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेपछि मध्यपूर्वमा कूटनीतिक अनिश्चितता कायम छ। यसले बजारमा मिश्रित संकेत दिएको छ।

त्यस्तै, अमेरिकी डलर पछिल्ला एक वर्षयताकै उच्च स्तरमा पुगेपछि विदेशी खरिदकर्ताका लागि सुन अझ महँगो भएको छ, जसले थप दबाब सिर्जना गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बजार विश्लेषकहरूले आगामी दिनमा जारी हुने अमेरिकी मुद्रास्फीति सूचकांक रिपोर्टले फेडको आगामी नीतिगत निर्णयमा महत्वपूर्ण संकेत दिने र त्यसअनुसार सुनको मूल्यमा थप उतारचढाव आउन सक्ने बताएका छन्।

यस्तै आज चाँदीको भाउमा समेत उच्च गिरावट आएको छ । चाँदीको मूल्य ६.११ प्रतिशत अर्थात ४ डलरले घट्दै प्रतिऔंस ६१ डलरमा सीमित बनेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.