शुक्रबार, श्रावण २९,२०८३ 01:57:28
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 01:57:28
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा एकैदिन १५४ डलरको उछाल, प्रतिऔंस कति पुग्यो ?

Prabhu Bank Limited
सुनको मूल्यमा एकैदिन १५४ डलरको उछाल, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ उचाई हासिल गरेको छ । आजको कारोबारमा सुनको भाउ ३.०४ प्रतिशत अर्थात १५६ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार २४० डलरमा कारोबार भईरहेको छ । विश्व भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।

CG Motors

यो वर्ष मात्रै सुनको मूल्य १८ प्रतिशतले बढिसकेको छ । विश्वका केन्द्रीय बैंकहरुले खरिद बढाउनु, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने सम्भावना बलियो बन्नु र डलर कमजोर हुनु जस्ता कारणले पछिल्लो समय सुनमा निरन्तर उछाल आईरहेको छ ।

विश्लेषकहरुले यो वर्षको अन्त्यसम्म सुनको भाउ प्रतिऔंस ६ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।

यस्तै आज चाँदीको मूल्य भने ०.३२ प्रतिशतले घटेर प्रतिऔंस ११५ डलरमा कारोबार भईरहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X