आईतवार, कार्तिक १,२०८३ 09:59:29
  • आईतवार, कार्तिक १,२०८३ 09:59:29
Global IME Bank Limited

अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्यमा भीषण पहिरो, क्षणभरमै करिब ३% को गिरावट

Bizshala
अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै सुनको मूल्यमा भीषण पहिरो, क्षणभरमै करिब ३% को गिरावट
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कारोबार खुलेलगत्तै सुनको मूल्यमा फेरि भीषण पहिरो गएको छ ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कारोबार खुलेलगत्तै सुनको मूल्य प्रति औंस ४००० डलर भन्दा तल झरेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रति औंस ३ हजार ९९० डलरमा सीमित बन्न पुगेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कारोबार खुलेको केहीबेरमै सुनको मूल्य ३ प्रतिशतले घटेको देखिएको हो ।  

सुनसँगै चाँदीको मूल्यमा अझ भीषण पहिरो देखिएको छ । चाँदीको मूल्य हिजोको तुलनामा ४.२१ प्रतिशतले घटेको हो । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ४६.५५ डलरमा सीमित बन्न पुगेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

 केही दिनअघि सुनको मूल्यले करिब ४४०० डलर प्रतिऔंसको ऐतिहासिक उचाई चुमेको थियो ।  त्यसपछि ठूलो करेक्सन आएको सुनको मूल्य केही दिनसम्म ४१०० डलर माथि नै अडिएको थियो । तर, अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्यका लागि दुई देशका शीर्ष नेताबीच सम्झौता हुनसक्ने सम्भावनाका खबरहरु बाहिरिएपछि लामो अन्यौलता हटी लगानीका अन्य क्षेत्रका ढोका समेत खुल्ने आँकलनसहित सुरक्षित लगानीबाट पैसा जोहो गर्न खोज्नेहरुको संख्या बढेसँगै बजारमा सप्लाई बढ्दा मूल्य घट्न पुगेको विज्ञहरुको तर्क छ ।  

अमेरिका र चीनबीच सम्झौता भएपछि मूल्य अझै तीव्र गतिमा घट्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.