आईतवार, फाल्गुन १०,२०८२ 03:44:16
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:44:16
Bizshala
Global IME Bank Limited

सुन र चाँदीको मूल्यमा भारी गिरावट, प्रतिऔंस कति डलरमा सीमित ?

सुन र चाँदीको मूल्यमा भारी गिरावट, प्रतिऔंस कति डलरमा सीमित ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ८.१५ प्रतिशत अर्थात ४३४ डलरले खस्किएको छ ।

यो गिरावटसँगै सुनको कारोबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४  हजार ८९३ डलरमा भईरहेको छ ।

गत बिहिबार भने सुनको भाउ प्रतिऔंस ५ हजार ५९४ डलरको ऐतिहासिक उचाईमा पुगेको थियो ।  जनवरी महिनामा मात्रै सुनको मूल्य २० प्रतिशत भन्दा बढीले वृद्धि भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै चाँदीको मूल्य पनि २४.४६ प्रतिशत अर्थात २९.१६ डलरले घटेर प्रतिऔंस ८५ डलरमा कारोबार भईरहेको छ ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्षका रूपमा तुलनात्मक रूपमा कम उदार व्यक्ति नियुक्त हुन सक्ने अड्कलबाजी, अमेरिकी डलरको पुनरुत्थान तथा सुनको मूल्य अघिल्लो चरणमा अत्यधिक बढिसकेको अवस्थाले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको विश्लेषकहरुले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेड अध्यक्ष जेरोमी पावेलको स्थानमा नयाँ अध्यक्षको नाम अघि सारेका छन्। पावेल आगामी मे महिनामा पदबाट बाहिरिने छन्। यसबीच, केभिन वार्श फेड अध्यक्ष बन्न सक्ने चर्चाले एसियाली कारोबार अवधिमा सुनको मूल्यमा दबाब परेको विश्लेषकहरुको ठहर छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बुधबार फेडले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि अमेरिकी डलर बहुवर्षीय न्यूनतम तहबाट माथि उठेको छ । डलर मजबुत हुँदा डलरमा मूल्य निर्धारण गरिने सुन विदेशी खरिदकर्ताका लागि महँगो पर्न जान्छ। यद्यपि बजारले सन् २०२६ मा फेडले दुईपटक ब्याजदर कटौती गर्ने अपेक्षा अझै कायम राखेको छ।

यसैबीच, स्विट्जरल्यान्डबाट बेलायततर्फ हुने सुन निर्यात सन् २०१९ अगस्टयताकै उच्च स्तरमा पुगेको स्विस भन्सार तथ्यांकले देखाएको छ। बेलायत विश्वकै सबैभन्दा ठूलो ओभर–द–काउन्टर सुन कारोबार केन्द्र हो।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.