काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ५ हजार ८ सय रुपैयाँले महङ्गिएको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९१ हजार कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५४ हजार ४६० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदी पनि महङ्गिएको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको छ ।

