काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । आजको कारोबारमा सुनको मूल्य १.२१ प्रतिशत अर्थात ४९ डलरले घट्दै प्रतिऔंस ४ हजार २५ डलरमा सीमित बनेको छ ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर सम्बन्धी निर्णय लिनुपूर्व सुनको भाउमा देखिएको हो ।
बजार अनुमानअनुसार फेडले तत्काल ब्याजदर स्थिर राख्ने सम्भावना बढी देखिएको छ भने केही लगानीकर्ताले २५ आधार अंकको वृद्धिको सम्भावना पनि औंल्याएका छन्।
सामान्यतया सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानीका रूपमा हेरिन्छ। तर ब्याजदर बढ्दा प्रतिफल नदिने सुन राख्नुको अवसर लागत बढ्ने भएकाले उच्च ब्याजदरको वातावरणले सुनको मागमा दबाब पार्न सक्छ।
यसैबीच, मध्यपूर्वमा बढ्दो तनावले पनि बजारको ध्यान तानेको छ। अमेरिकाले इरानबाट प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रहरू रोकिएको जनाएको छ भने यस घटनाले भूराजनीतिक जोखिम बढाएको छ।
यस्तै आज चाँदीको भाउपनि घटेको छ । चाँदीको मूल्य १.६३ प्रतिशतले घटेर प्रतिऔंस ५७ डलरमा कारोबार भईरहेको छ ।

