काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको भाउ १९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।