काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलोपटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।
सोमबार सुनको भाउ ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा भईरहेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस ३० गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन अर्थात आइतबार भने एक तोला सुनको मूल्य २ लाख ७८ हजार ८ सय कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको् छ । चाँदीको मूल्य १८५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार हुँदैछ ।

