काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको मूल्य २.२१ प्रतिशतले बढ्दै २ हजार ९ सयको आँकडा पार गरेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ६३ डलरले बढ्दै प्रतिऔंस २ हजार ९२५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आयात शुल्क लगाउने घोषणा गरेसँगै बढेको व्यापार युद्धको त्रास र अनिश्चितताका कारण सुनको मूल्य उछाल आएको हो । ट्रम्पले आइतबार अमेरिका आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । यस्तै उनले रेसिप्रोकल ट्यारिफ समेत लगाउने र यसलाई जतिसक्दो चाडो कार्यान्वयनमा ल्याउने बताएका छन् ।
आजको कारोबारमा चाँदीको मूल्य पनि ०.१३ डलरले बढ्दै प्रतिऔंस ३१.९५ डलरमा कारोबार भईरहेको छ ।