काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अल टाइम हाईको उचाईमा पुगेको छ । मंगलबारको कारोबारमा ४५ डलरले वृद्धि भएसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ४९३ डलरमा कारोबार भईरहेको छ । आजको कारोबारको दौरान सुनको मूल्यले प्रतिऔंस ३ हजार ५०८ डलरको आँकडा छोएको थियो । तर अहिले उक्त उचाईबाट भने सुनको भाउ केही घटेको छ ।
अमेरिकी डलर कमजोर बनेसँगै र फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने उच्च सम्भावनाका कारण पछिल्लो ६ दिन लगातार सुनको मूल्य बढेको छ ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज १.०१ डलरले बढ्दै प्रतिऔंस ४०.७५ डलरमा कारोबार भईरहेको छ ।