बुधबार, श्रावण ६,२०८३ 04:44:09
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:44:09
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन साढे २० हजारले बढ्यो

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन साढे २० हजारले बढ्यो
New Office

काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च वेद्धि देखिएको छ । आज एकैदिन सुनको मूल्य २० हजार ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय कायम थियो ।

सरकारले गत शुक्रबार आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा सुन आयातमा लाग्ने भन्सार महसुल एकैपटक दोब्बर बनाएपछि आज सुनको भाउमा भारी वृद्धि देखिएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुनको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए । जसको प्रभव बजारमा देखिएको छ ।

वाग्लले यसअघि लगाइएको २ प्रतिशत विलासिता कर भने पूर्ण रूपमा खारेज गरिने बताएका थिए ।

यस्तै आज चाँदीको भाउ समेत उचाक्दी बढेको छ । चाँदी आज ३०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.