मंगलवार, असार १७,२०८२ 06:59:55
  • मंगलवार, असार १७,२०८२ 06:59:55
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत जेठ ३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार पुगेको थियो ।  

गत शुक्रबार भने छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार २५० रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार तेजावी सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ११० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.