शनिबार, असार १४,२०८२ 04:43:23
  • शनिबार, असार १४,२०८२ 04:43:23
Global IME Bank Limited

डलर कमजोर बन्दा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
डलर कमजोर बन्दा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । केही दिनअघि पहिलापटक प्रतिऔंस २५ सय डलरको आँकडा पार गरेको सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको हो ।    

सुनको मूल्य अघिल्लो कारोबार सेशनमा २ हजार ५३१ डलर पुगेर नयाँ रेकर्ड कायम गरेको हो । अहिले भने अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.५९ प्रतिशत अर्थात १४.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५१८.४३ डलरमा कारोबार भईरहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी डलर कमजोर बन्दा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना बलियो बन्दा सुनको मूल्य वृद्धि भएको हो । यो वर्ष सुनको मूल्य २० प्रतिशतभन्दा बढीको वृद्धि भईसकेको छ । विश्वका केन्द्रीय बैंकहरुले ब्याजदरका कटौती गरेका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रुपमा लिने गर्छन् ।  

अमेरिकी डलर ७ महिनाकै न्यून विन्दुमा झरेपछि र अमेरिकी बोन्डको प्रतिफल समेत घटेपछि लगानीकर्ताले सुनको खरिद बढाएसँगै मूल्य वृद्धि भएको विज्ञहरुले बताएका छन् ।  

अमेरिकामा फेडरल रिजर्भले आगामी महिना २५ बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्न सक्ने अनुमान गरिएको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि ०.१० डलरले बढेर प्रतिऔंस २९.२१ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.