बुधबार, श्रावण ६,२०८३ 04:40:56
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:40:56
Bizshala
Global IME Bank Limited

डलर कमजोर बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढ्यो

डलर कमजोर बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढ्यो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्यमा पुनः उकालो लागेको छ । अमेरिकी डलर कमजोर बनेपछि र अमेरिकी फेडरल रिजर्भको सम्भावित ब्याजदर वृद्धिसम्बन्धी अपेक्षामा केही कमी आएपछि लगानीकर्ताको धारणा सकारात्मक बनेको हो।

पछिल्लो कारोबारमा सुनको भाउ करिब १.३ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ७१ डलरमा पुगेको छ। अमेरिकी मुद्रास्फीति सम्बन्धी पछिल्लो तथ्यांक सार्वजनिक भएपछि डलर केही कमजोर बनेको देखिएको छ।

यससँगै बजारमा अमेरिकी केन्द्रीय बैंक फेडले आगामी महिनाहरूमा ब्याजदर थप कडा नबनाउने सम्भावनाबारे अपेक्षा बढेको छ। विश्लेषकहरुका अनुसार सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना करिब ५९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो ६४ प्रतिशत अनुमानभन्दा कम हो।

यसअघि मूल्य करिब सात महिनाकै न्यून स्तरमा पुगेको थियो र साप्ताहिक आधारमा करिब २.१ प्रतिशतले घटेको थियो।

हाल सुनमा देखिएको सुधार मुख्यतः अल्पकालीन ‘रिबाउन्ड’ भएको र यसको कारण डलर कमजोर हुनु र ब्याजदर सम्बन्धी अपेक्षामा आएको सानो परिवर्तन भएको विश्लेषण गरिएको छ ।

तर विश्लेषक संस्थाहरूले दीर्घकालीन दबाब कायम रहने संकेत दिएका छन्। तेल बजारमा मजबुती र डलरको बलियो अवस्थाले आगामी महिनाहरूमा सुनमाथि थप दबाब सिर्जना गर्न सक्ने चेतावनी उनीहरुले दिएका छन् ।

यस्तै पछिल्लो कारोबारमा चाँदी पनि १ प्रतिशतले बढेर प्रतिऔंस ५८ डलर पुगेको छ। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.