काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

