शुक्रबार, फाल्गुन ९,२०८१ 09:08:04
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:08:04
IME remit
Global IME Bank Limited

सुनको मूल्य प्रतितोला २ लाख ४३ हजारसम्म पुग्ने प्रक्षेपण, ९ महिनामै मूल्य डेढलाख माथि

Hyundai Nepal
सुनको मूल्य प्रतितोला २ लाख ४३ हजारसम्म पुग्ने प्रक्षेपण, ९ महिनामै मूल्य डेढलाख माथि
Nabil Bank Limited

काठमाण्डौ । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने 'पहेँलो धातु' सुनको मूल्य केही वर्षमै निकै माथि पुग्नेछ ।  

यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा प्रति औंस ४१०० अमेरिकी डलर भन्दा माथि पुग्नेछ । हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२०० डलर हाराहारीमा छ ।  

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएसँगै नेपाली बजारमा समेत भाउ बढ्ने गर्छ । बिहीबार मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । यो भनेको हालसम्मकै उच्च मूल्य हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अन्तराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावको सोझो असर नेपाली बजारमा पनि पर्ने भएकोले यदि प्रक्षेपणअनुसार नै सुनको मूल्य बढे नेपालमा समेत अबको ४–५ वर्षभित्र प्रतितोलामा हालको मूल्यमा ९० प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार रुपैयाँभन्दा माथि(करिब अढाईलाख) पुग्नसक्ने देखिएको छ ।  

बेलायतको चर्चित ब्लग 'लाइट फाइनान्स'ले प्रकाशित गरेको एक रिपोर्टमा मुद्रास्फिति, मुद्राहरुको मूल्यमा हुने उतारचढाव, भूराजनीतिक तनावका कारण मन्दीको जोखिम, ब्याजदरहरुमा हुने तीव्र उतारचढाव तथा आपूर्ति र मागसँग अन्तरसम्बन्धित विषयलाई सुनको मूल्य रकेटको गतिमा उड्ने प्रमुख कारणको रुपमा प्रस्तुत गरिएको छ । सो वेबसाइटमा प्रकाशित पूरा रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस् ।  

विश्लेषकहरुले २०२४ को अन्त्यसम्म २५५२.१५ डलर प्रति औंससम्म पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको अहिलेको मूल्यमा १६ प्रतिशतभन्दा बढीको वृद्धि हो । यदि यो आँकलन सत्य सावित भयो भने सन् २०२४ भित्र नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ सहजै पार गर्नेछ । अर्थात, अबको ९ महिनाभित्र सुनको मूल्य प्रतितोला डेढलाख हाराहारी पुग्ने अनुमान गर्न सकिन्छ ।  

विश्लेषकहरुले सन् २०२५ देखि २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ४१०० डलरभन्दा माथि पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको हाल कायम मूल्यको ९० प्रतिशतभन्दा बढीले माथि हो । वृद्धिको यही हिसाब लगाएर हेर्ने हो भने नेपालमा समेत सो बेलासम्म सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँभन्दा माथि पुग्नेछ ।  

विश्लेषकहरुले सन् २०२५ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २७०० डलरभन्दा माथि, २०२६ को अन्त्यसम्म २७६१ भन्दा माथि, सन् २०२७ मा बढेर २८०० माथि र अन्त्यसम्म केही घटेर २५८३ डलरसम्म आउनसक्ने भनेका छन् ।  

सन् २०२८ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २९२१ डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।  

सन् २०२९ को अन्त्यसम्ममा ३८६५ डलर र २०३० को अन्त्यसम्ममा ४ हजार १९२ डलर प्रतिऔंससम्म सुनको भाउ पुग्नसक्ने देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.