काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.६० प्रतिशत अर्थात १६.२५ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०३ डलरमा सीमित बनेको छ ।
गत शुक्रबार डलरको मूल्य बढ्दा सुनको मूल्यमा दबाब परेको हो । यद्यपी डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नै लाग्दा उनले अपनाउने नीतिप्रतिको अनिश्चिनता बढेसँगै भने साप्ताहिक रुपमा सुनको मूल्य बढेको छ ।
गत बिहिबार सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च पुगेको थियो । त्यसदिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट ६५.६ डलरले मात्रै पछि थियो । गत अक्टोबर महिनामा सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलरको रेकर्डतोड उचाईमा पुगेको थियो ।
पछिल्लो कारोबारमा चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदीको मूल्य ०.४३ प्रतिशतले घटेर प्रतिऔंस ३०.४ डलरमा झरेको छ ।