काठमाण्डौ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ।
अघिल्लो दिने भने सुन प्रतितोला ३ लाख २ हजार २०० र १० ग्रामको २ लाख ५९ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६६० रहेको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।