काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा उच्च गिरावट आएको छ । आज सुनको भाउ एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
पछिल्लो समय कात्तिक ३ गते लक्ष्मी पूजाको दिन अन्तिम मूल्य निर्धारण भएको सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम थियो । तिहारको बिदापछि आजबाट सुनको मूल्य पुनः निर्धारण भएको हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला २ हजार ८८५ रुपैयाँमा भईरहेको छ ।

