बिहीबार, असार १२,२०८२ 09:23:58
  • बिहीबार, असार १२,२०८२ 09:23:59
Global IME Bank Limited

सुनको मूल्य करिब १% ले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य करिब १% ले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य करिब १ प्रतिशतले ओरालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य ०.८८ प्रतिशत अर्थात २९.२८ डलरले घटेको छ ।  

यो गिरावटसँगै यतिबेला सुनको मूल्य प्रतिऔंस ३ हजार ३०७ डलरमा कारोबार भई्रहेको छ ।  

अमेरिका भित्रिने वस्तुहरुको आयातमा ट्यारिफ लगाउने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्प केही नरम भएकाले विश्व व्यापारमाथि मडारिएको कालो बादल हट्ने आशाका साथ लगानीकर्ताले सुनको बिक्री बढाएका छन् । जसका कारण यसको मूल्य घट्न पुगेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले अमेरिकामा बन्ने कारहरुको विदेशी पाट्सहरुमा भन्सार शुल्क घटाउने र अन्य अटो निर्माताहरुले पनि विविध शुल्कको सामना गर्नु नपर्ने संकेत गरेका छन् । हाल अमेरिका विभिन्न देशहरुसँग व्यापारीक सम्झौताका लागि वार्तामा रहेको छ । यस विषयमा भारतसँगको सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ ।  

यी सबै घटनाक्रमले विश्व व्यापार सहजतातर्फ लम्किने बाटोतर्फ अग्रसर भएको विश्लेषकहरुले बताएका छन् । सुनलाई संकटको बेला लगानी गर्ने सुरक्षित सम्पत्तिको रुपमा लिइन्छ । तर माहोल सकारात्मक बनेसँगै लगानीकर्ताले सुनको लगानी झिकेर अन्य क्षेत्रमा लगानी गर्ने गर्छन् । जसका कारण सुनको मूल्य घट्ने गर्छ ।  

यो वर्ष सुनको मूल्य प्रतिऔंस ३५ सय डलरसम्मको उचाईमा पुगेको थियो ।  

आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको मूल्य मूल्य ०.१५ डलरले घट्दै प्रतिऔंस ३२.९३ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.