काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार घटेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख २० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

