शनिबार, असार १४,२०८२ 04:07:04
  • शनिबार, असार १४,२०८२ 04:07:04
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ७५ हजार बढी

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ७५ हजार बढी
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।  

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

यसअघि सुनको मूल्य गत फागुन ३० गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै घरेलु बजारमा समेत त्यसको प्रभाव देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ डलरले बढ्दै ३ हजार १३ डलर पुगेको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.