काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.९६ प्रतिशत अर्थात प्रतिऔंस २४.२३ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४८८ डलरमा कारोबार भईरहेको छ ।
एक वर्षकै न्यून स्तरमा आएको डलरको मूल्यमा देखिएको केही सुधार र अमेरिकी बोन्डको प्रतिफल समेत वृद्धि भएसँगै सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनाका लागि ब्याजदर कटौतीस् गर्नुअघि ३ साताकै न्यून बनेको अमेरिकी १० वर्षे बोन्डको प्रतिफल बढेको छ ।
यस्तै हालै सार्वजनिक तथ्यांक अनुसार जुलाई महिना चीनमा सुनको निर्यात २४ प्रतिशतले घट्दै ४४.६ टनमा सीमित बनेको छ । जुन विगत २ वर्षकै कम हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १.७६ प्रतिशत अर्थात प्रतिऔंस ०.५२ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.०८ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।