काठमाण्डौ । स्थानीय बजारमा आजपनि सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।