काठमाण्डौ । सोमबार पनि स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ नै थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।