काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।
यसअघिको सुनको उच्च भाउ प्रतितोला २ लाख १५ हजार ८ सय थियो । उक्त मूल्य भदौ २७ गते कायम भएको थियो ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको छ ।