बुधबार, असार १७,२०८३ 06:36:14
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ८५ डलरले बढ्यो, हालसम्मकै उच्च कायम

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन ८५ डलरले बढ्यो, हालसम्मकै उच्च कायम

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक ४२ सय डलरको आँकडा पार गरेको छ । आज २.०६ प्रतिशत अर्थात ८५ डलरले बढेसँगै सुनको भाउले ४२ सय डलरको आँकडा पार गरेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार २३३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच देखिएको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंक, डलर कमजोर बन्दा र फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने उच्च सम्भावनाका बीच सुनको भाउमा पछिल्लो समेत निरन्तर उछाल आईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सोमबार सुनको भाउले पहिलोपटक प्रतिऔंस ४१ सय डलरको आँकडा पार परेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउनु, विश्व राजनीतिक र आर्थिक अनिश्चितता जस्ता विविध कारणले यस वर्ष सुनको भाउमा व्यापक वृद्धि देखिएको हो ।  

बैंक अफ अमेरिकाका विश्लेषकहरुले सुनको भाउ सन् २०२६ सम्म प्रतिऔस ५ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।  

यस्तै आज चाँदीको भाउमा समेत बढोत्तरी आएको छ । चाँदीको मूल्य १.२५ डलरले बढ्दै प्रतिऔंस ५३.१६ डलरमा कारोबार भईरहेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.