काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ४७.५६ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४३८ डलरमा कारोबार भईरहेको छ ।
पछिल्लो समय भईरहेको मूल्य वृद्धिका कारण लगानीकर्ताले नाफा बुक बढाउँदा मूल्य खस्किएको विश्लेषकहरुले बताएका छन् । यद्यपी अमेरिकी अर्थतन्त्रमा अपेक्षित सुधार नआउदा फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना उच्च रहेकाले आगामी दिनमा सुनको मूल्य उकालो लाग्न सक्ने आँकलन समेत उनीहरुको रहेको छ ।
यस्तै बढ्दो भू–राजनीतिक तनाव र अनिश्चितताले पनि मूल्यवृद्धिलाई टेवा पुर्याउने देखिन्छ ।
यस्तै आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी आज ३.७२ प्रतिशत अर्थात ३.०२ डलरले घटेर प्रतिऔंस ७७.८८ डलरमा कारोबार भईरहेको छ ।

