शनिबार, असार १४,२०८२ 08:41:36
  • शनिबार, असार १४,२०८२ 08:41:36
Global IME Bank Limited

सुनको मूल्य झण्डै २५ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण

Hyundai Nepal
सुनको मूल्य झण्डै २५ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः२५ सय डलरभन्दा बढी पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १ प्रतिशत अर्थात २४.८० डलरले बढेको छ ।  

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१२.१८ डलर पुगेको छ । शुक्रबार अमेरिकी डलर थप कमजोर बन्दा र अमेरिकी बोन्डको प्रतिफल समेत घट्दा सुनको मूल्य बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले मुद्रास्फिती २ प्रतिशतको लक्ष्यतर्फ अग्रसर भएको र सेप्टेम्बर महिनाका लागि ब्याजदर कटौती हुने बताएपछि डलर र बोन्डको प्रतिफलमा गिरावट आएको छ । जसका कारण लगानीकर्ताले पुनः सुनमा लगानी बढाएका छन् ।  

अमेरिकी १० वर्षे बोन्डको प्रतिफल ५ बेसिक प्वइन्टले घट्दै ३.८० मा सीमित बनेको छ । लगानीकर्ताले फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ५० बेसिक प्वइन्टले ब्याजदर कटौती गर्न सक्ने अनुमान गरेका छन् ।  

यस्तै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.७९ डलरले बढेर प्रतिऔंस २९.८३ डलर कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.