काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आजको कारोबारमा सुनको मूल्य ०.९७ प्रतिशत अर्थात प्रतिऔंस २७.७२ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ८८७.२८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि क्यानडा मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धको खतराले सुनको मूल्य बढेको हो । यस्तै डलर कमजोर बन्दा समेत सुनको मूल्य बढेको छ । डलर इन्डेक्स १ प्रतिशत भन्दा बढीले घटेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुका लागि सुनको खरिद सस्तो परेको छ ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.४८ डलरले बढ्दै प्रतिऔंस ३१.६३ डलरमा कारोबार भईरहेको छ ।