बुधबार, श्रावण ६,२०८३ 04:46:06
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:46:06
Bizshala
Global IME Bank Limited

सुनको भाउ १९ डलरले बढ्यो, चाँदीको मूल्यमा समेत भारी वृद्धि

सुनको भाउ १९ डलरले बढ्यो, चाँदीको मूल्यमा समेत भारी वृद्धि
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४० प्रतिशत अर्थात १९.२० डलरले बढेको हो ।

यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३२३ डलरमा कारोबार भईरहेको छ । अमेरिकी श्रम बजारमा बेरोजगारीदर बढेसँगै सुनको मूल्य बढेको हो । हालै प्रकाशित आँकडाअनुसार नोभेम्बर महिनामा बेरोजगारीदर ४.६ प्रतिशत पुगेको छ । जुन पछिल्लो चार वर्ष एताकै उच्च हो ।

यस्तै अमेरिकी डलरपनि दुई  महिनाकै न्यून स्तरमा झरेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकरलाई सुनको खरिद सस्तो पर्न गई मागमा उछाल आई मूल्य बढ्न पुगेको छ ।

यी सबै घटनाक्रमले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर कटौती गर्न प्रयाप्त अवसर दिने विज्ञहरुले बताएका छन् । घट्दो ब्याजदरमा सुनको मूल्य थप बढ्ने अनुमान गरिएको छ ।

यस्तै आज चाँदीको भाउमा समेत भारी वृद्धि देखिएको छ । चाँदीको मूल्य ३.८३ प्रतिशत अर्थात २.४३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको कारोबार प्रतिऔंस ६५.९३ डलरमा भईरहेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.