बुधबार, श्रावण ६,२०८३ 04:36:51
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:36:51
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा रेकर्ड कायम, एकैदिन करिब ८० डलरले बढ्यो

सुनको मूल्यमा रेकर्ड कायम, एकैदिन करिब ८० डलरले बढ्यो
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आजको कारोबारमा १.७३ प्रतिशत अर्थात ७९.४९ डलरले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ५७१ रुपैयाँ कायम भएको छ ।

यसअघि कारोबारमा क्रममा सुनको भाउ प्रतिऔंस ४ हजार ६ सय डलरसम्म पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि ३.८० डलरले बढेर प्रतिऔंस ८३ डलरमा कारोबार भईरहेको छ ।

विश्वमा तीव्र रुपमा बढिरहेको भू–राजनीतिक संकटका कारण सुनको भाउ बढेको विश्लेषकहरुले बताएका छन् । इरानमा जारी विरोध प्रदर्शनले उग्र रुप लिईरहेको छ । यस विषयमा अमेरिकाले सैन्य कारवाही गर्नसक्ने सम्भावनाले लगानीकर्तामा अनिश्चितता बढाईदिएको छ ।

अमेरिकामा डिसेम्बर महिनामा रोजगारी वृद्धिदर अपेक्षाभन्दा कम देखिएको छ। निर्माण, खुद्रा र उत्पादन क्षेत्रहरूमा रोजगारी घटेको तथ्यांक शुक्रबार सार्वजनिक भएको छ।

यद्यपि बेरोजगारी दरमा गिरावट आएकोले श्रम बजारमा तत्काल संकट सिर्जना भएको संकेत भने देखिएको छैन। लगानीकर्ताहरूले यस वर्ष कम्तीमा दुई पटक फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षा राखेका छन्। कमजोर रोजगारी बजारले दर कटौतीको सम्भावना बढाएको अर्थ लाग्छ।

यसैबीच, फेड अध्यक्ष जेरेमी पॉवेलले डोनाल्ड ट्रम्प प्रशासनले उनलाई संसदीय साक्षात्कारको क्रममा आपराधिक अभियोग लगाउने धम्की दिएको बताएका छन्। पॉवेलका अनुसार यो कदम मूलतः केन्द्रिय बैंकमाथि दबाब दिनका लागि उठाइएको बहाना हो।

यस घोषणापछि अमेरिकी डलर महिना लामो समयमै आफ्नो उच्चतम स्तरबाट तल झरेको छ। डलर कमजोर भएपछि सुन, चाँदीजस्ता सम्पत्तिमा लगानी बढेको छ।

विशेषज्ञहरूका अनुसार, कम ब्याजदरको वातावरण र आर्थिक तथा भू–राजनीतिक अनिश्चितताले सुनचाँदी जस्ता सम्पत्तिको मूल्य बढाउने गर्छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.