मंगलवार, असार १७,२०८२ 06:31:37
  • मंगलवार, असार १७,२०८२ 06:31:37
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, कतिमा झर्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च गिरावट, कतिमा झर्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य १.३७ प्रतिशत अर्थात ४१.४९ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९९५.४८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण लगानीकर्ता सुन बिक्री गरेर अमेरिकी डलर, स्विफ फ्रयांक र जापानी ऐन जस्ता मुद्रा जम्मा गर्न लागेकाले सुनको मूल्यमा उच्च गिरावट आएको विश्लेषकले बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसका कारण सुनको मूल्यमा गहिरो करेक्सन आउने विश्वास गरिएको छ । गत साता ६ महिनाकै न्यून कायम भएको डलर आफ्ना प्रतिष्पर्धि मुद्राको तुलनामा बलियो बन्दै गएको छ । डलर बलियो बन्दा अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद महङ्गो पर्न जाने गर्छ । जसका कारण सुनको खरिद कम हुन गएको छ ।  

तरलतासम्बन्धी चासो र मार्जिन कभर जस्ता विषयले यतिबेला सुनको मूल्य खस्किएको छ । गत बिहिबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो ।  

आज चाँदीको मूल्य भने केही बढेको छ । चाँदी ०.५० डलरले वृद्धि हुँदै प्रतिऔंस ३०.०९ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.