काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.५७ प्रतिशत अर्थात २६.९८ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ७२७ रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य १.०७ प्रतिशत अर्थात ०.८२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको कारोबार प्रतिऔंस ७६.४४ डलरमा भईरहेको छ ।

