बुधबार, असार १७,२०८३ 06:36:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरान–अमेरिका तनावका बीच सुनमा गिरावट

Laxmi Sunrise Bank Limited
इरान–अमेरिका तनावका बीच सुनमा गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । मध्यपूर्वमा बढ्दो अमेरिका–इरान तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा र महँगी र ब्याजदरसम्बन्धी चिन्ता बढेपछि सुनको मूल्य घटेको हो ।

आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात ३७ डलरले घट्दै प्रतिऔंस ४ हजार ५३५ डलरमा झरेको छ। विश्लेषकहरूका अनुसार इरानमा अमेरिकी सेनाले गरेको पछिल्ला आक्रमण र मध्यपूर्वमा तेल आपूर्तिमा देखिएको जोखिमका कारण कच्चा तेलको मूल्य बढेको हो। ब्रेन्ट क्रुड फ्युचर्स करिब २ प्रतिशतले बढेको छ।

New Office
CG Motors
Garima Development Bank

इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री कतारको राजधानी दोहामा वार्ताका लागि पुगेका छन्, जहाँ अमेरिकासँग सम्भावित सम्झौता र युद्ध अन्त्यबारे छलफल भइरहेको छ। तर, वार्ताकै बीच अमेरिकाले दक्षिणी इरानका केही लक्षित क्षेत्रमा सैन्य कारबाही गरेको जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार यी आक्रमणहरू आत्मरक्षाका रूपमा गरिएको हो, जसमा माइन राख्ने प्रयास गरिरहेका डुङ्गा र मिसाइल लन्च साइटहरूलाई लक्ष्य बनाइएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्लेषकहरुका अनुसार मध्यपूर्वको तेल आपूर्तिमा भएको क्षतिले बजारलाई दीर्घकालीन अस्थिरतातर्फ धकेल्न सक्छ। यसले तेल आपूर्ति सामान्य अवस्थामा फर्किन ढिलाइ हुन सक्ने र मुद्रास्फीति बढ्ने जोखिम रहेको उनले बताएका छन्।

महँगो तेलले मुद्रास्फीति बढाउने भएकाले अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्नुपर्ने अवस्था आउन सक्ने अनुमान पनि गरिएको छ। बजारले यस वर्षभित्र ब्याजदर वृद्धि हुने सम्भावना करिब ५६ प्रतिशतसम्म मूल्यांकन गरेको छ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । आज चाँदीको मूल्य २.०३ प्रतिशत अर्थात १.५८ डलरले घटेर प्रतिऔंस ७६ डलरमा झरेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.