सोमबार, भाद्र १,२०८३ 08:56:17
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 08:56:17
Bizshala
Global IME Bank Limited

सुनको भाउले पहिलोपटक पार गर्यो ४ हजार डलरको आँकडा, एकैदिन ५९ डलरको बढोत्तरी

Prabhu Bank Limited
सुनको भाउले पहिलोपटक पार गर्यो ४ हजार डलरको आँकडा, एकैदिन ५९ डलरको बढोत्तरी
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकड पार गरेको छ । आजको कारोबारमा १.५२ प्रतिशत अर्थात ५९ डलरले बढेसँगै सुनको मूल्यले ४ हजारको आँकडा पार गरेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११ डलरमा भईरहेको छ । विश्वमा बढेको आर्थिक तथा राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।  

CG Motors

सुनको मूल्य यतिबेला सन् १९७० को दशकपछिकै उच्च दरले बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल महिनामा ट्यारिफ घोषणा गरेसँगै सुनको मूल्य २५ प्रतिशतले बढिसकेको छ ।  

यस्तै अमेरिकाले आर्थिक तथ्यांक सार्वजनिक गर्न गरिरहेको ढिलाईका कारण लगानीकर्ता चिन्तित बन्दा समेत सुनको मूल्य वृद्धि भईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.