बुधबार, चैत्र २०,२०८१ 02:36:41
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:36:41
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा १२ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा १२ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो कारोबारमा सुनको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ०.४७ प्रतिशत अर्थात १२.४५ डलरले घटेको छ ।  

यतिबेला अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२२.१८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्रेजरी बोन्डको प्रतिफल र डलरको मूल्य बढेसँगै सुनको मूल्यमा गिरावट आएको हो । अमेरिकी डलरको मूल्य लगातार चौथो साता बढेको छ । जसले अन्य मूद्रा भएका लगानीकर्ताको सुनप्रतिको आकर्षणमा कमी ल्याईदिएको छ ।  

यस्तै अमेरिकी १० वर्षे बोन्डको प्रतिफल पनि गत मे २ पछिकै उच्च पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो वर्ष सुनको मूल्य २८ प्रतिशतले वृद्धि भईसकेको छ । यो वर्ष सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलरसम्म पुगेको थियो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको ब्याजदर कटौतीको चक्र र बढ्दो विश्व भू–राजनीतिक तनाबका कारण यो वर्ष सुनको मूल्यले उचाई चुमेको हो ।  

फेडरल रिजर्भले आगामी वर्ष थोरै पटक ब्याजदर कटौती गर्ने प्रक्षेपण गरेता पनि अधिकांश विश्लेषकहरुले सन् २०२५ मा पनि सुनको मूल्य बुलिस नै रहने आँकलन गरेका छन् । विश्लेषकहरुले सन् २०२५ मा विश्व भू–राजनीतिक तनाव थप बढ्ने र केन्द्रीय बैंकहरुले सुनको बिक्री बढाउने तथा डोनाल्ड ट्रम्प ह्वाइटहाउसमा फर्किएसँगै राजनीतिक अनिश्चिनता बढ्ने विश्वास गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्रम्पको भन्सार शुल्क तथा रक्षात्मक व्यापार नीतिले सम्भावित व्यापार युद्ध निम्तन सक्ने समेत जनाइएको छ । जसका कारण सुन सुरक्षित लगानीको रुपमा रहन सक्छ ।  

पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.३७ डलरले घटेर प्रतिऔंस २९.३६ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.