मंगलवार, असार १७,२०८२ 07:54:15
  • मंगलवार, असार १७,२०८२ 07:54:15
Global IME Bank Limited

विश्वभर सुनको माग रेकर्डतोड स्तरमा, केन्द्रीय बैंकहरुको रिजर्भमा पनि उछाल

Hyundai Nepal
विश्वभर सुनको माग रेकर्डतोड स्तरमा, केन्द्रीय बैंकहरुको रिजर्भमा पनि उछाल
Nabil Bank Limited

काठमाण्डौ । विश्वभर सुनको माग रेकर्डतोर्ड स्तरमा पुगेको छ । अन्तराष्ट्रिय सुन काउन्सिलका अनुसार सन् २०२४ मा विश्वभर सुनको मागले नयाँ रेकर्ड कायम गरेको हो । काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरुबाट भएको उच्च खरिद र ग्राहक तथा लगानीकर्ताबाट भएको बढ्दो लगानीका कारण सुनको माग तथा खपतमा उछाल आएको हो ।  

अन्तराष्ट्रिय सुन काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदनमा  सार्वजनिक गर्दै गत वर्ष विश्वभर ४ हजार ९७४ टन सुनको कारोबार भएको जनाएको छ । सन् २०२३ मा भने यस्तो कारोबार ४ हजार ८९९ टनबराबर भएको थियो । प्रतिवेदनमा सन् २०२४ मा विश्वव्यापी सुनको माग नयाँ त्रैमासिक उचाईमा पुगेको र विश्व भू–राजनीतिक घटना तथा आर्थिक अनिश्चिनताका कारण वार्षिक रुपमा समेत रेकर्ड विन्दुमा पुगेको जनाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

काउन्सिलले यो अवधिमा विश्वका केन्द्रीय बेंकहरुको सुनप्रतिको मोहमा कुनै कमी नआएको जनाएको छ । यो अवधिमा विश्वका कैन्द्रीय बैंकहरुले १ हजार टन बढी सुन खरिद गरेका छन् । यससँगै केन्द्रीय बैंकहरुले लगातार ३ वर्ष यो आँकडा पार गरेका छन् ।  

सन् २०२४ मा पोल्याण्डको केन्द्रीय बैंक,‘नेशनल बैंक अफ पोल्याण्ड’ले सर्वाधिक सुन खरिद गरेको छ । नेशनल बैंक अफ पोल्याण्ड’ले एक वर्षको अवधिमा ९ण् टन सुन रिजर्भ गरेको छ ।  

यस्तै टर्कीको केन्द्रीय बैंकले ७५ टन सुन खरिद गर्दै दोस्रो स्थानमा रहेको छ । यस्तै भारतको केन्द्रीय बैंक तेस्रो स्थानमा रहेको छ । भारतको केन्द्रीय बैंकले डिसेम्बर महिना बाहेक अन्य महिनामा एक समान रुपमा सुनको खरिद गरेको थियो ।  

सन् २०२४ मा विश्वव्यापी सुनको लगानी पनि २५ प्रतिशतले वृद्धि भएको छ । जुन पछिल्लो ४ वर्षकै उच्च हो । यो अवधिमा गोल्डबार र सिक्काको माग पनि उच्च रहेको छ । चीन र भारतमा विशेष गरेर सुनको माग बढेको देखिएको अन्तराष्ट्रिय सुन काउन्सिलले जनाएको छ ।  

सुन आयातलाई १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेसँगै भारतमा सुनको माग बढेको थियो । यस्तै गत वर्ष आसियाना राष्ट्रहरु जस्तै सिङ्गापुर, मलेशिया र थाइल्याण्ड लगायतका देशमा सुनको लगानी दोहोरो अंकले बढेको थियो ।  

यद्यपी गत वर्ष सुनका गरगहनाको मागमा भने गिरावट आएको काउन्सिलले जनाएको छ । सुनको मूल्यमा आएको उछालका कारण यस्तो भएको जनाइएको छ । गत वर्ष सुनका गरगहनाको कारोबार ११ प्रतिशतले घटेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.