बुधबार, श्रावण २०,२०८३ 10:36:52
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:36:52
Bizshala
Global IME Bank Limited

करिब ४ महिनापछि खुल्यो जग्गाको कित्ताकाट

करिब ४ महिनापछि खुल्यो जग्गाको कित्ताकाट
New Office

काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गत साउनदेखि रोकिएको जग्गा कित्ताबाट खुल्ला गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हाले बताए ।  

भू–उपयोग तेस्रो संशोधन नियमावली,२०८२ स्वीकृत भएसँगै जग्गाको कित्ताबाट खोलिएको हो ।  

सरकारले जग्गा वर्गिकरण गर्न स्थानिय तहहरुलाई २०८२ असार मसान्तसम्मको समय दिएको थियो । यद्यपी उक्त अवधिभित्र जम्मा २५३ स्थानिय तहले मात्रै वर्गिकरण गरेका थिए ।  

भू–उपयोग ऐन, २०७६ बमोजिम २०७९ जेठ २३ मा जारी भू–उपयोग नियमावलीअनुसार स्थानीय तहले कृषि र गैरकृषि जग्गा वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । तर, स्थानीय तहले वर्गीकरण गर्न ढिलाइ गरेपछि २०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो ।  

त्यसपछि २०८० साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै जग्गा वर्गीकरणका लागि २०८२ साउन ३२ गतेको समय दिँदै कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर उक्त समयावधिभित्र पनि अधिकांश स्थानिय तहले वर्गीकरण नगर्दा फेरि जग्गाको कित्ताकाट रोकिएको थियो ।  

तोकिएको समयभित्र जग्गा वर्गिकरण नभएकाले २०८१ भदौ २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले २०८२ असार मसान्तसम्मका लागि कित्ताबाट खोलेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.