घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था अस्थायी कालका लागि स्थगित
काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा लागु हुन लागेको इजाजतपत्र प्रणाली अस्थायी रूपमा स्थगित गरेको छ। विभागले मंगलबार जारी गरेको सूचनामा, इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गा खरिदबिक्री, लिखत दर्ता, नामसारी लगायतका कारोबार अस्थायी रूपमा रोकेको जनाएको छ।

