Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 10:32:29
Bizshala
Global IME Bank Limited

अमेरिकी ब्याजदर वृद्धिको अपेक्षाबीच सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?

अमेरिकी ब्याजदर वृद्धिको अपेक्षाबीच सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कतिमा झर्यो ?
New Office

काठमाण्डौ । अमेरिकी ब्याजदर वृद्धिको सम्भावना बलियो बन्दै गएपछि सुनको मूल्यमा शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यससँगै सुनको भाउ लगातार तेस्रो साता साप्ताहिक गिरावटतर्फ उन्मुख भएको छ।

अमेरिकी मुद्रास्फीति अर्थात् उपभोक्ता मूल्य सूचकांकको तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ताले फेडरल रिजर्भको आगामी नीतिगत कदमबारे थप संकेत पर्खिरहेका छन्।

यो समाचार तयार पार्दासम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २.३४ प्रतिशत अर्थात १०३ डलरको गिरावटका साथ प्रतिऔंस ४ हजार ३११ डलरमा कारोबार भईरहेको छ । यो साता हालसम्म सुनको मूल्य २ प्रतिशतभन्दा बढीले घटिसकेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बिहीबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा अन्तिम मागको उत्पादक मूल्य सूचकांक अगस्टमा ०.४ प्रतिशतले बढेको छ। जुलाईको ०.१ प्रतिशत वृद्धि पनि संशोधन गरी थप माथि  पुर्याइएको थियो। बलियो मुद्रास्फीति दबाब देखिएपछि आगामी साता हुने फेडरल रिजर्भको बैठकमा ब्याजदर वृद्धि हुने अनुमान लगानीकर्ताले थप बलियो बनाएका छन्। त्यसपछि हाजिर सुनको मूल्य करिब २ प्रतिशतले घटेको थियो।

सामान्यतया सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानीका रूपमा लिइए पनि बढ्दो ब्याजदरले सुनमा दबाब सिर्जना गर्छ, किनकि सुनबाट नियमित ब्याज वा प्रतिफल प्राप्त हुँदैन।

यसैबीच, मध्यपूर्वमा जारी तनावले पनि बजारमा अनिश्चितता बढाएको छ। मध्यपूर्वको तनावका कारण तेलको मूल्य पनि बढेको छ। प्रमुख दुईवटै तेल बेन्चमार्कको मूल्य मे महिनाको मध्ययताकै पहिलोपटक यो साता प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेर साप्ताहिक कारोबार बन्द हुने क्रममा छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.