काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको भाउ ५ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ। बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५ सय २० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।