काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य सस्तिएको छ । अघिल्लो दिनपनि घटेको सुन आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो ।
यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ११५ रुपैयाँ कायम भएको छ ।
उता चाँदीको भाउपनि आज ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ निर्धारण भएको चाँदी अआज २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा सीमित बनेको छ ।

