काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी हो। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६८ हजार ६ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतिदश ग्राम २ लाख ६० हजार ७ सय १५ रुपैयाँ रहेकोमा आज ७ हजार ९७५ रुपैयाँले वृद्धि भएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्य एकैदिन प्रतितोला २६० रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।