काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । सोमबारको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको भाउले हल टाइम हाईको रेकर्ड ब्रेक गरेको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको थियो ।
उक्त दिन पनि सुनको भाउले रेकर्ड कायम गरेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ ।

