बुधबार, असार १७,२०८३ 06:38:33
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन करिब १७० डलरले बढ्दै नयाँ रेकर्ड कायम

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उछाल, एकैदिन करिब १७० डलरले बढ्दै नयाँ रेकर्ड कायम

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ३५ सय डलर नजिक पुगेको छ । आजको कारोबारमा सुनको मूल्यमा ५.१० प्रतिशत अर्थात प्रतिऔंस १६९.१९ डलरको उछाल आएको छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ४८४.३२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । डलर कमजोर बनेसँगै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण लगानीकर्तामा बढेको अनिश्चितताका कारण पछिल्लोसमय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीका कारण अमेरिकी अर्थतन्त्रप्रति लगानीकर्ताको आत्मविश्वास गुम्दा डलर ३ वर्षकै कमजोर बनेको छ । ट्रम्पले पावेललाई ब्याजदर घटाउन दबाब समेत दिएका छन् । डलर कमजोर बन्नु सुनको मूल्य उकालो लाग्नका लागि उपयुक्त अवसर हो । कमजोर डलरको फाइदा उठाउदै डलरबाहेकका अन्य मुद्रा भएका लगानीकर्ताले सुनको खरिद बढाएका छन् । जसका कारण सुनको मागमा दबाब सिर्जना हुँदा मूल्य बढ्न गएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटकाबीच चीनले ट्यारिफको गलत फाइदा उठाउदै अमेरिकासँग मिलेर आफूविरुद्ध सम्झौता गर्ने देशहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । यसले समेत विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । राजनीतिक र आर्थिक संकटका बेला लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रुपमा लिने गर्छन् ।  

यो वर्ष सुनको मूल्य  ७०० डलरभन्दा बढीले वृद्धि भईसकेको छ । गत बुधबार सुनको मूल्यले पहिलोपटक ३३ सय डलरको आँकडा पार गरेको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि ०.३५ डलरले बढ्दै प्रतिऔंस ३२.७५ डलर कायम भएको छ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.