मंगलवार, असार १७,२०८२ 07:56:33
  • मंगलवार, असार १७,२०८२ 07:56:33
Global IME Bank Limited

सुनको मूल्य १८ डलरले बढ्यो, सन् २०२५ मा प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने आँकलन

Hyundai Nepal
सुनको मूल्य १८ डलरले बढ्यो, सन् २०२५ मा प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने आँकलन
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो कारोबारमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.७० प्रतिशत अर्थात १८.२५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२४ डलर कायम भएको छ ।  

सन् २०२४ सुनका लागि विशेष रह्यो । यो वर्ष सुन सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्तिको रुपमा रह्यो । सन् २०२४ मा सुनको मूल्य २६ प्रतिशतले बढ्यो । जुन सन् २०१० पछिकै उच्च वार्षिक वृद्धि हो । गत अक्टोबर ३१ का दिन सुनको मूल्य प्रतिऔंस २ हजार ७९०.१५ डलरको हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।  

यो वर्ष सुनको मूल्यले धेरैपटक रेकर्ड ब्रेक गर्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

बढ्दो विश्व भू–राजनीतिक तनाव,केन्द्रीय बैंकहरुमा उच्च माग, विश्वका केनद्रीय बैंकहरुको खुकुलो मौद्रिक नीति र गोल्ड लिंक्ड एक्सचेञ्ज ट्रेडेड कमोडिटिज(ईटीसी)मा लगानी बढेसँगै सन् २०२४ मा सुनको मूल्यमा उछाल देखिएको हो ।  

डलरको बढ्दो मूल्य र अमेरिकी केनद्रीय बैंकले ब्याजदरमा थोरै कटौती गर्ने सम्भावना भएपनि सन् २०२५ मा सुनको मूल्यले थप उचाई लिने विश्लेषकले बताएका छन् । विश्लेषकहरुले सन् २०२५ मा सुनको मूल्य प्रतिऔंस ३ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.