बुधबार, असार १७,२०८३ 06:41:58
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ एकैदिन ९७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ एकैदिन ९७ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम आजपनि जारी रहेको छ । आजको कारोबारमा सुनको मूल्य २.०५ प्रतिशत अर्थात ९७ डलरले घटेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ६५१ डलरमा सीमित बनेको छ । गत बिहिबार प्रतिऔंस ५ हजार ५९४ डलरको रेकर्डतोड उचाईमा पुगेपछि सुनको भाउ निरन्तर घटिरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक, फेडरल रिजर्भको अध्यक्षमा केभिन वार्सलाई मनोनयन गरेसँगै लगानीकर्ताले ब्याजदर कटौती हुने अपेक्षा गरेका छन् । यद्यपी वार्सका नीतिहरु डलरलाई समर्थन गर्ने प्रकृतिका हुने भएकाले सुनको मूल्य अझै खस्किने अनुमान विश्लेषकहरुले गरेका छन् ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्यमा आज ३.१५ प्रतिशत अर्थात २.०९ डलरको बढोत्तरी आएको छ । यससँगै चाँदीको भाउ ७८ डलर कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.