काठमाण्डौ । अघिल्लो दिन ओरालो लागेको सुनको भाउ आज भने वृद्धि भएको छ । आजको कारोबारमा सुन ५ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको थियो ।
आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै आज चाँदीको भाउ पनि १७५ रुपैयाँले उकालो लागेको छ । यो वृद्धिसँगै चाँदीको कारोबार प्रतितोला ५ हजार ४० रुपैयाँमा भईरहेको छ ।

